माछापुच्छ्रे बैंकले वार्षिकोत्सवका अवसरमा विभिन्न सेवामा दियो छुट ,सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर विभिन्न कार्यक्रमको आयोजना
काठमाडौं। माछापुच्छ्रे बैंकले वार्षिकोत्सवका अवसर पारेर विभिन्न सेवामा छुट दिएको छ ।
यो महिनाभरी बैंकले डेविट कार्ड,क्रेडिट कार्ड, मोबाइल बैकिङ र लकर सेवामा छुट दिएको हो ।
बैंक आइतबार १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा बैंकले देशभरकै शाखामार्फत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम पनि गरेको छ।
बैंकको पेप्सीकोला शाखाले रत्तदान कार्यक्रम आयोजना गर्यो। त्यस्तै जनकपुर शाखाले जानकी वृद्धाश्रमलार्इ खाद्यान्न वितरण, पोखरा शाखाले रातो माटो डाँडा पोखराका बाढीपीडितलार्इ खाद्यान्न वितरण,बाग्लुङ शाखाले संस्कृत विद्यालयका विपन्न विद्यार्थीलार्इ शैक्षिक सामाग्री वितरण, इलाम शाखाले दृष्ट्रीविहिन विद्यार्थीहरुको खेलकुद प्रतियोगिता आयोजना, हिले शाखाले विपन्न विद्यार्थीलार्इ शैक्षिक सामाग्री वितरण, नक्साल शाखाले बालमन्दिरका बच्चालार्इ खाद्यान्न वितरण र चापागाउँ शाखाले सन्तानेश्वर महादेवमा पानी ट्यांकी र पानी प्रशोधनयन्त्र हस्तान्तरण गरेको छ।
प्रतिक्रिया