शहनाजका भाई शहबाजसँग बाथटबमा मस्ती गर्दै अरबाज खानकी गर्लफेन्ड जर्जिया
अरबाज खानकी गर्लफ्रेंड जार्जिया एन्ड्रीयानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो पोस्ट गरेकी छन् । यस भिडियोमा जार्जिया र बिग बोस १३ की सहभागी तथा अभिनेत्री शहनाज गिलका भाई शहबाज बदेशा बाथटबमा डान्स गरिरहेका देखिन्छन् । शहबाज र जार्जियाले एउटा प्रोजेक्टका लागि हात मिलाएका छन् । दुबै सीन पलको गीत टेम्प्रेचरमा डान्स गरिरहेको देखिन्छन् । दुबैले एउटा म्यूजिक भिडियोमा सँगै काम गर्दैछन् । भिडियो शेयर गर्दै जर्जियाले लेखेकी छन्, हामी काम गर्छौ तर कहिले आफ्नो पार्टनर इन क्राइमसँग गर्ने गर्छौ ।
जर्जियाले ह्यासट्यागका माध्यमबाट भिडियो चंडीगढमा शुट हुँदै गरेको पनि बताएकी छन् । जहाँ भिडियोमा शहबाज रमाइलो तरिकाले प्रस्तुत भएका छन् । साथै शहबाजले समेत उक्त भिडियो आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन् ।
https://www.instagram.com/p/COFq2nZB0aw/?utm_source=ig_web_copy_link
प्रतिक्रिया