मुस्ताङबाट ७५० च्याङ्ग्रा खाद्य संस्थानले उपत्यका भित्रायो ,खसीबोका भोली आइपुग्ने
काठमाडौं । दसैंका लागि मुस्ताङबाट सात सय पचास च्याङ्ग्रा खाद्य संस्थानको वाग्मति अञ्चल कार्यालय (धान गोदाम) मा ल्याई पुर्याइएको छ ।
संस्थानले मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गरेको छ ।
जसमध्य सात सय पचास च्याङ्ग्रा संस्थानले शनिबार बिहान उपत्यकामा ल्याइ पुर्याएको हो ।
उपत्यकामा आइपुगेका च्यांग्राहरुको मुल्य संस्थानले तय गरी आइतबारदेखि बिक्री सुरु गर्ने भएको छ ।
संस्थानले मुस्ताङका कृषकसँग च्यांग्रा प्रतिकिलो चार सय ८५ रुपैयाँमा खरिद गरेको हो ।
त्यस्तै दशैको लागि खसीबोका भने भोली मात्र आइपुग्ने संस्थानले जनाएको छ ।
संस्थानले एक हजार पाँच सय वटा खसीबोका दाङ, मकवानपुर तथा सिरहा लगायतका जिल्लाबाट काठमाडौं ल्याउँदै छ ।
लहानबाट ६ सय ७५ वटा, हेटौडाबाट ६ सय २५ वटा र तुलसीपुरबाट २ सय खसीबोका खरीद गरेको संस्थानले जनाएको छ ।
संस्थानले चालु आर्थिक वर्षमा च्याङ्ग्रा तथा खसीबोका खरीदका लागि मात्र चार करोड ६७ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो ।
प्रतिक्रिया