मंगलबार, १८ वैशाख २०८१

सिटिजन्स बैंकले भुकम्प पिडितको लागि जिल्ला विकास समितिले पठाएको रकम सम्बन्धित खातामा जम्मा गरिदियो

समयपोष्ट २०७३ असोज १४ गते ९:११

 

Advertisement


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भुकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि जिल्ला विकास समितिले पठाएको रकम सम्बन्धित खातामा जम्मा गरिदिएको छ । 
 

बैंकले शुक्रवार विज्ञप्ति जारी गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग भएको सम्झौता अनुसार प्राधिकरणले तोकेको लाभग्राहीको खाता खोली जिल्ला विकास समितिले पठाएको रकम सम्बन्धित खातामा जम्मा गरिदिएको जनाएको छ ।

बैंकले ३६९१ जनाको खातामा सरकारले जिम्मा दिएको १८ करोड ४५ लाख ५० हजार रुपैयाँ जम्मा गरिदिएको हो । बैंकले ४४७२ जनाको खाता खोलेको थियो ।

जसमा २३८१ जनाले बैंकबाट रकम लिइसकेका छन् भने बाँकी १३१० जनाको खाता सक्रिय गराउने प्रयास भइरहेको बैंकले जनाएको छ ।
 

रकम प्राप्त गरेको लाभग्राहीमध्ये २१५ जनाको विवरण अधुरो भएकाले खाता खोल्न नसकिएको बैंकको बिज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री