मंगलबार, २५ वैशाख २०८१

ठूला मिडियाले सरकारले गरेको राम्रा कामलाई उपेक्षा गरे :प्रधानमन्त्री

समयपोष्ट २०७३ असोज १४ गते ७:१४

 

Advertisement

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला मिडियाले सरकारले गरेको राम्रा कामलाई उपेक्षा गरेको बताएका छन् । 

राजधानीको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा जारी प्रेस सेन्टर नेपालको एकताको पहिलो महाधिवेशनको बन्दसत्रलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामलाई ठूला मिडयाले स्थान देलान भन्ने सरकारको अपेक्षालाई ठूला मिडियाले उपेक्षा गरेको बताएका हुन् ।

 उनले ठूला मिडिया अझै एउटा बर्गको कब्जामा रहेको र उनीहरुले छरेको भ्रम चिर्न साना मिडियाहरु लाग्नुपर्ने पनि बताए । 

प्रधानमन्त्री दाहालल अहिलेकै सरकारले ३ वटा निर्वाचन गर्ने भएको हुँदा सबै चुनावमा पार्टीलाई जिताउन पार्टीको पत्रकारहरुले आदेश पालकको भूमिका निर्वाह गर्नुपर्ने  समेत बताए  ।

Advertisement

अघिल्लो संविधान सभाको निर्वाचन कांग्रेसको नेतृत्वमा हुँदा पनि कांग्रेसले हारेको प्रसंग सुनाउदैं प्रचण्डले अगामी चुनावमा पनि माओबादीले हार्ने सम्भावना भएकोले अहिलेदेखि नै शिक्षा लिएर अघि बढ्नुपर्ने बताए ।

उनले प्रेस सेन्टरका सबै पत्रकारले एउटै यूनिफर्म लगाएको देख्दा आफूलाई जनमुक्ति सेनाको झल्को लागेको बताँउदै आगामी निर्वाचनमा माओबादीलाई जिताउन सेनाको भूमिका निर्वाह गर्न पत्रकारहरुलाई आग्रह  समेत गरे ।

संचार मन्त्रालय माओबादीको हातमा भएको बेला प्रेस सेन्टरमा स्थापित पत्रकारहरुलाई सरकारी मिडियामा सेट गर्न लागेको समेत  उनले बताए ।

उनले अर्को एक पार्टीसँग पनि निकट भविष्यमा एकता गर्न लागेको बताँउदै एकतापछि पनि संगठनलाई सुदृढ बनाएर अघि बढ्न सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री