मंगलबार, १८ वैशाख २०८१

रिद्धि सिद्धि नुकड नाट्य यात्रा जारी

समयपोष्ट २०७७ चैत २६ गते २०:३९

Advertisement

रिद्धि सिद्धि नुकड नाट्य यात्रा जारी छ ।

रिद्धि सिद्धि सिमेन्टको आयोजनामा र विजय लक्ष्मी मिडिया फाउन्डेशनको समायोजनमा रिद्धि सिद्धि नुकड नाट्य यात्रा ११ वटा स्थानमा प्रस्तुत गरिएको छ ।

कम्पनीका अनुसार रिद्धि सिद्धि नुकड नाट्य यात्रा प्रदेश नं २ को ८ वटा जिल्लाको विभिन्न ५० स्थानमा गरिने छ । हालसम्म धनुषा जिल्लास्थित सबैला बजार, गोदार, धनुषाधाम र यदुकुहा बजार, महोतरीको बलबा र जलेश्वर, मटिहानि र पिपरा बजार र सर्लाहीको गोडैता, मलंगवा र होलीको अवसरमा जनकपुरधाममा होली विशेष कार्यक्रम सम्पन्न गरियो ।

यो नाट्य यात्रामा प्रस्तुत गरिएको रिद्धि सिद्धि सिमेन्टको उपयोगिता विषयक नाटकले दर्शक समक्ष लोकप्रियता बटुल्न सफल भएको कम्पनीले जनाएको छ । यस नाटकमा प्रस्तुत गरिएको विषयवस्तुको नाटकियतामा दर्शकहरु मनोरञ्जन लिनुको साथसाथै आफनो भविष्यमा निर्माण हुने भौतिक संरचनामा प्रयोग हुने सबभन्दा महत्वपूर्ण पाटो सिमेन्ट प्रयोग गर्दा सचेत रहने विश्वास गर्न सकिने कम्पनीले जनाएको छ । यस नाटकको नाम पनि सचेत राखिएको छ । यस नाटकमा दर्शकलाई भेला गराउन शुरुमा मैथिली नृत्य, मैथिली लोक गीतहरू प्रस्तुत गरी जनचेतनामूलक कार्यक्रम समापन गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री