शनिबार, २२ वैशाख २०८१

पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डुको डिजिटल दान पेटिका शुभारम्भ

समयपोष्ट २०७७ फागुन १४ गते १५:५१

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यु आर कोड सेवा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैंकका सम्माननीय गभर्नर महाप्रसाद अधिकारीले उक्त सेवाको शुभारम्भ गर्नुभयो ।

उक्त कार्यक्रम पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल, बैंक अफ काठमाण्डू लिमिटेडको संचालक समिति अध्यक्ष प्रकाश श्रेष्ठतथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गभर्नर अधिकारीले डिजिटल दान पेटिकाको क्यु आर स्क्यान गरी पशुपतिनाथ भगवानलाई डिजिटल तवरले दान गरी समुद्घाटन गर्नुभयो ।

कार्यक्रममा गभर्नर अधिकारीले अब उपरान्त पशुपतिनाथ भगवानको मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद ज्ञापन गर्नुभयो । गभर्नर अधिकारीले नगद रहित कारोबारलाई नेपाल राष्ट्र बैंकले अभियानको रुपमा संचालन गरीरहेको जानकारी गराउँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरुको बारेमा प्रकाश पार्नुभयो ।

Advertisement

उक्त कार्यक्रममा बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले डिजिटल दान पटिकाले मन्दिर परिसर भित्रहुने दान तथा भेटीहरु व्यवस्थापनमा सहयोग पुग्ने भएकाले यस कार्यको लागि बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंम्सा गर्नुभयो ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री