आइतबार, ६ जेठ २०८१

भारत सरकारको अनुदान सहयोगमा धापसी मा वि पुर्ननिर्माण

समयपोष्ट २०७७ फागुन १० गते २०:४०

Advertisement

भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने काठमाडौं टोखा नगरपालिका स्थित धापसी माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ ।

टोखा नगरपालिका वडा नं. ४ मा रहेको उक्त मा.वि को उप-प्रधानमन्त्री ईश्वर पोखरेलबाट सोमबार शिलान्यास भएको हो । सात करोड रुपैयाँ भारतीय अनुदानमा पुनर्निर्माण हुने लागेको उक्त विद्यालय भवनको पुर्ननिर्माण १५ महिना भित्र सम्पन्न गर्ने गरी सूरु गरिएको बताईएको छ । उक्त भवन निर्माण गर्ने ठेकेदार कम्पनी योगि हनुमान जे.भि.रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री