बुधबार, १९ वैशाख २०८१

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

समयपोष्ट २०७७ माघ १३ गते १५:१६

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ ।

मंगलबार अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा दर्ता गरेका हुन् ।

निवेदनमा प्रधानमन्त्री ओलीले शुक्रबार (माघ ९) कार्की ब्यांक्वेटमा भएको पार्टी कार्यकर्ता भेलामा कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणी,ले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।

Advertisement


प्रतिक्रिया

सम्बन्धित सामाग्री