धनगढीका रावतसँग लगनगाँठो कस्दै श्वेता खड्का
अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी छन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ ।
उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न लागेकी हुन् । विवाहको निम्तो कार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ । हुन त स्वेता र विजयेन्द्रको बिवाहको बिषयमा केही महिनायता मिडियामा बिभिन्न समाचार छाउने गरेको थियो । तर, अभिनेत्री श्वेताले भने उक्त समचारमा खन्डन गर्दै आएकी थिइन् ।
यस अगाडि उनको बिवाह गत ५ मंसिरमा हुने हल्ला चलेको थियो । त्यतिबेला पनि उनले बिहे गर्ने खबर झुट भएको बताएकी थिइन् । फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधन पछि पनि उनी अभिनय समाजसेवामा सक्रिय उनले केही अगाडि ‘कान्छी’ समेत फिल्म निर्माण गरेकी थिइन् ।
सम्बन्धित सामाग्री
समयबोध मिडियाद्वारा प्रकाशित
सम्पादकलेखनाथ न्यौपाने
सम्पादन संयोजन
प्रमिला बानियाँ
उप-सम्पादक
अशोक खनाल
रोशन अधिकारी (अमेरिका)
रमेश पोखरेल
बजार प्रतिनिधी
दीपक खनाल
प्रतिक्रिया