बिहीबार, २० वैशाख २०८१

शिक्षकलाई कोरोना संक्रमण देखिए पछि..

समयपोष्ट २०७७ मंसिर १६ गते ६:५९

Advertisement

शिक्षकलाई कोरोना संक्रमण देखिए पछि विद्यालय बन्द गरिएको छ । गुर्भाकोट नगरपालिका वडा नं ४ साहारेमा रहेको जनसेवा आधारभुत विद्यालयमा एक जना शिक्षकलाई कोरोना संक्रमण देखिए पछि विद्यालय बन्द गरिएको हो ।

एक जना शिक्षकलाई लक्ष्णसहित कोरोना संक्रमण देखिएकाले अन्य शिक्षक, विद्यार्थी र समुदायमा कोरोना संक्रमण हुने जोखिम रहेकाले सोमबारदेखि विद्यालय बन्द गरिएको प्रधानाध्यापक बम बहादुर केसीले जानकारी दिनुभयो ।

वडा कार्यालयको समन्वयमा मंसिर १९ गते शुक्रबारसम्म विद्यालय बन्द गरिएको हो । वडा अध्यक्ष प्रशन्न कुमार शाहले शिक्षकमा कोरोना संक्रमण देखिए पछि नगरलाई खबर गरेर बन्द गरिएको बताउनु भयो । उहाँका अनुसार शिक्षकलाई चारपाँच दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्ष्ण देखिएका थिए । परीक्षण गराउन कोरोना संक्रमण देखिए पछि केही समयका लागि विद्यालय बन्द गर्नुपर्ने आपत्तकालिन अवस्था आएकाले विद्यालय बन्द गरिएको उहाँको भनाई छ । उहाँले शिक्षकले पढाउने एउटा कक्षाका करिब २२ जना विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीहरुको कन्ट्याक टे«सिङको आधारमा स्वाव संकलन गरिएको जानकारी दिनुभयो । अन्य विद्यार्थीहरुलाई घरमै सुरक्षित र सचेत भएर बस्न भनिएको उहाँले बताउनुभयो ।

सरकारले विद्यालय पुनः संचालन कार्यढाँचा तयार गरेर कोरोनाका कारण बन्द भएका विद्यालयहरुको पुनः संचालन र बन्द गर्ने जिम्मेवारी स्थानीय तहलाई दिए पछि अधिकाँश विद्यालय संचालनमा आएका छन । विद्यालय संचालन भए पनि कोरोना संक्रमणको जोखिम बढ्दो छ । गोरखापत्र दैनिकबाट

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री