हिमालयन बैंकद्धारा २० प्रतिशत लाभांश प्रस्ताव
समयपोष्ट
२०७७ मंसिर १५ गते ११:०९
हिमालयन बैंकले गत आर्थिक वर्षको आम्दानीबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।
बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
प्रतिक्रिया