मंगलबार, १८ वैशाख २०८१

दश वर्षे कार्ययोजनासहित अर्थतन्त्रलाई दोहोरो अंकमा पुर्‍याउने हाम्रो प्रयास रहन्छ

समयपोष्ट २०७७ मंसिर १० गते १२:४१

Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षको पदमा प्यानलै बनाएर देश दौडाहामा हुनुहुन्छ । कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु । मैले उद्योग वाणिज्य महासङ्घमा २८ वर्षदेखि गरेको लगानीमा साथीहरुको साथ रहेछ भन्ने बुझ्ने मौका पाएँ । वस्तुुगत, एसोसिएट र जिल्लाका सम्पूर्ण साथीहरु मलाई अत्याधिक मतले जिताउने प्रक्रियामा हुनुुहुन्छ । जसको लामो समयदेखि महासङ्घप्रति समर्पण छ, त्यसलाई जिताउन सकेनौं भने हाम्रो दुुर्भाग्य हुन्छ भन्ने उहाँहरुको स्पष्ट भनाइ छ । उहाँहरुको उत्साह र उमङ्ग देखेर म पनि उत्साहित छु ।

पूर्वअध्यक्षहरुको आशीर्वाद, हालका अध्यक्षको संलग्नता र हुनेवाला अध्यक्षहरुको साथ पनि मेरो जित्ने एउटा ठूलो आधार हो ।

तपाईंले चुनाव जित्ने मुख्य आधारहरु के हुन् ?

मुख्य त मैले गरेको कर्म नै हो । यस सङ्गठनमा मैले २८ वर्ष समर्णण गरेको छु । अर्को, उद्योगी व्यवसायीहरुलाई परेको पीर, मर्का, समस्याको समाधान गर्नु मेरो मुख्य लक्ष्य रहेको छ । त्यसबाहेक मेरो अर्को कुनै स्वार्थ छैन ।
अध्यक्ष शेखर गोल्छाजीलाई सकारात्मक सहयोग गरेर उहाँको कार्यकाललाई सफलतापूर्वक सम्पन्न बनाउनु मेरो आधार हो । पूर्वअध्यक्षहरुको आशीर्वाद, हालका अध्यक्षको संलग्नता र हुनेवाला अध्यक्षहरुको साथ पनि मेरो जित्ने एउटा ठूलो आधार हो । यसबाहेक मप्रतिको सम्पूर्ण उद्योगी व्यवसायीको प्रेम, समर्पण, सद्भाव सबैभन्दा ठूलो जित्ने आधार हो । यसले पनि नेपाल उद्योग वाणिज्य महासङ्घमा जो निष्ठावान्, समर्पित भएर खट्छ, ऊ सो पदको दावेदार बन्न योग्य छ भन्ने कुराको प्रमाणित गर्छ । मैले आजसम्म जे जति क्रियाकलापहरु उद्योग वाणिज्य महासङ्घमा गरेको छु, त्यसमा म निष्कलङ्क छु ।

नेपाल उद्योग वाणिज्य महासङ्घमा जो निष्ठावान्, समर्पित भएर खट्छ, ऊ सो पदको दावेदार बन्न योग्य छ भन्ने कुराको प्रमाणित गर्छ । मैले आजसम्म जे जति क्रियाकलापहरु उद्योग वाणिज्य महासङ्घमा गरेको छु, त्यसमा म निष्कलङ्क छु ।

महासङ्घको शुद्धीकरणलाई एजेण्डा बनाउनुभएको छ । यो कस्तो खालको शुद्धीकरण हो ?

शुद्धीकरणमात्र होइन, सुदृढीकरण भनिरहेका छौं । शुद्धीकरण भन्नाले महासङ्घमा हामीले जिल्ला, एसोसिएट र वस्तुगतका साथीहरुलाई केही सेवाहरु पुर्याउन सकेनौं । समग्र उद्योगी–व्यवसायीको हितका कुराहरुलाई सम्बोधन गर्न नसकेको हुनाले शुद्धीकरण गर्नुपर्ने अवस्था छ । केही साथीहरुले महासङ्घलाई राजनीतिकरण गरे । महासङ्घको दुरुपयोग गरियो । आफू पदमा बसेर उहाँहरुले गरेका दुरुपयोगहरुलाई शुद्धीकरण गर्दै लैजाने हो । हाम्रो अध्यक्षले पनि भनिसक्नुभएको छ– जसले सबैको मन जितेर त्यो पदमा पुग्छ, उसकै कुरा सुन्ने हो । निर्वाचनमा गरेका वाचा पूरा गर्न पनि शुद्धीकरण गर्ने हो । दश वर्षे कार्ययोजनासहित देशको अर्थतन्त्रलाई दोहोरो अङ्कमा पुर्याउन महासङ्घ सुदृढीकरण गर्दै सरकारसँग छलफल गर्नेे हाम्रो प्रयास रहन्छ । यसका लागि युवा, अनुभवि र ज्ञाताहरुलार्ई समावेश गरेर नेपाल उद्योग वाणिज्य महासङ्घको विज्ञ टोली बनाउने त्यसको सुुझावलाई कार्यान्वयन गर्दै जाने हो ।

कोभिड–१९ का कारण साना तथा मझौला उद्यमीहरु बढी समस्यामा देखिन्छन् । तिनीहरुलाई सघाउ पुर्‍याउने योजना के छन् ?

कोभिड–१९ सङ्क्रमण र बैङ्किङ क्षेत्र कारण साना तथा मझौला उद्यमी–व्यवसायीहरु निकै मारमा परेका छन् । साना उद्योगी व्यवसायीलाई बैङ्कले ऋण दिने प्रक्रिया पेचिलो बनेको छ । यो अवस्थामा बैङ्कले ती क्षेत्रमा जसरी सहयोग र सद्भाव देखाउनुुपथ्र्यो, त्यो हुन सकेको छैन । त्यसकारण सहज र सरलरुपमा साना उद्यमी व्यवसायीलाई कम व्याजदरमा ऋण उपलब्ध गराउने हाम्रो प्रयास रहन्छ । हामीले सरकारलाई कर एकद्वार प्रणालीबाट लैजानुपर्छ भनेर बारम्बार भनिरहेका छौं । तर, सरकारले अहिलेसम्म पनि त्यसलाई लागु नगरेको अवस्था छ । त्यो एकद्वार प्रणालीबाट सम्पूर्ण उद्योगी व्यवसायीको समस्या समाधान गर्ने प्रणालीको हामीले विकास गर्न खोजेका छौं, जसले साना उद्यमी–व्यवसायीहरुले सहज र सरल तरिकाले आफ्नै ठाउँमा बसेर सेवा लिन सक्नेछन् । त्यो हाम्रो ठूलो अभियानको रुपमा हुनेछ । साना उद्यमी–व्यवसायीलाई हाम्रो जिल्ला विभाग र नगरको सङ्गठनमा जोडेर व्यवसायका बारेमा प्रशिक्षित गराउने साथै बैङ्किङ क्षेत्र, स्थानीय सरकारसँग जोड्ने हाम्रो उद्देश्य छ । कोभिडको मारमा परेका उद्यमी–व्यवसायीलाई अगाडि बढाउने हाम्रो लक्ष्य छ । विशेषगरी कृषि क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो उद्देश्य रहेको छ । वन–जङ्गलमा रहेका जडिबुटीहरुलाई प्रशोधित गरेर भ्यालु याड गर्ने र हाई भ्यालुमा निर्यात गर्ने सोच बनाएका छौं । यो सोचबाट साना तथा मझौला व्यवसायी अगाडि बढ्न सक्छन् ।

बैङ्कले कार्टेलिङ गर्ने सिस्टमबाट सेवा प्रदान गर्नुपर्नेमा आफ्नो विशेष फाइदा भएको कारणबाट नै बैङ्कहरु अहिले बद्नाम भएको अवस्था छ । बैङ्कहरुले यसबारे विशेष ध्यान दिनुुपर्छ ।

समय–समयमा बैङ्क र उद्यमी–व्यवसायीबीच टसल हुने गरेको छ । आखिर बैङ्कहरु पनि यहाँहरुकै भोटर हुन् । यो के नमिलेको हो ?

भोटर भएर मात्र भएन, उहाँहरुको उद्देश्य स्वच्छ छैन । उहाँहरुको आफूले मात्र कमाउने उद्देश्य छ । सर्टेन सेयर होल्डर अथवा संस्थापकहरुको झोली भर्ने मात्र उहाँहरुको उद्देश्य छ, सेवा गर्ने उद्देश्य कम छ । बैङ्कहरुले साना तथा मझौला व्यवसायीलाई समय समयमा टर्चर दिने, दुुःख दिने, धितो लिलाम गर्नेजस्ता कारणले बैङ्क अहिले बद्नाम छ । लिने बेला सिस्टमले तान्यो भन्दै उहाँहरु खाताबाट काटिदिनुुहुन्छ । कुनै गल्तीले पैसा फिर्ता दिनुपर्यो भने त्यही पैसा फिर्ता गर्न उहाँहरुलाई महिनौ लाग्छ । त्यही कारणले पनि साना तथा मझौला व्यवसायीहरु बैङ्कसँग रुष्ट छन् । उनीहरु त्यसको व्यापक विरोधमा छन् । यो विरोध कायम रह्यो भने देशमा बैङ्कको विरोधमा क्रान्ति नै हुने सम्भावना छ । यसलाई पनि सहजतापूर्वक समाधान गर्ने प्रयास हाम्रो रहनेछ ताकि व्यवसायी पनि खुसी हुन्, बैङ्क पनि सन्तुुष्ट होस् भन्ने हाम्रो धारणा छ । बैङ्कले कार्टेलिङ गर्ने सिस्टमबाट सेवा प्रदान गर्नुपर्नेमा आफ्नो विशेष फाइदा भएको कारणबाट नै बैङ्कहरु अहिले बद्नाम भएको अवस्था छ । बैङ्कहरुले यसबारे विशेष ध्यान दिनुुपर्छ । बैङ्कहरुले सेवा प्रदान गर्ने र त्यसबाट ठोस प्रतिफल लिनुपर्ने अवस्था हुन्छ । त्यो प्रतिफल लिने अवस्था बैङ्कले गरोस् । त्यसको सहजताका लागि उद्योग वाणिज्य महासङ्घ दुवै पक्षलाई गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्ने प्रयास गर्छौं ।

तपाईं सर्वसम्मतिमा वरिष्ठ उपाध्यक्ष हुने सम्भावना कत्तिको छ ?

सहमति र विचार भन्ने कुरा एकै ठाउँमा बसेर र एउटा हातले मात्र रोटी नपाक्ने स्थिति हुने रहेछ । रोटी पाक्न दुवै हात सक्रिय हुनुपर्छ । मेरा प्रतिस्पर्धीहरुले म र पूर्वअध्यक्षहरुसँग बसेर त्यही प्रण गर्नुपर्यो, जुन प्रण नेपाल उद्योग वाणिज्य महासङ्घको हितका लागि र सम्पूर्ण उद्योगी–व्यवसायीको राम्रो हुन्छ । म उद्योग वाणिज्य महासङ्घको हितको निम्ति प्रण गर्ने तर मेरो विपक्षी साथी आफ्नो व्यक्तिगत हितका लागि मात्र प्रण गर्ने भएपछि समस्याको समाधान हुँदैन । त्यसकारण हामी दुवैले दुवै हातले रोटी पाक्छ भनेर जबसम्म हात मिलाउँदैनौं, तबसम्म नेतृत्व सर्वसम्मत हुुन गाह्रो हुन्छ । अहिलेको अवस्थामा सर्वसम्मत भएको भए सम्पूर्ण उद्योगी–व्यवसायीलाई राम्रो सन्देश जान्थ्यो, जुन जरुरी पनि थियो । मेरा प्रतिद्वन्द्वीको नेपाल उद्योग वाणिज्य महासङ्घलाई सबल बनाउने जमर्कोमा कमी– कमजोरी देखिएको छ । अझै पनि समय छ, यसलाई समाधान गर्न सक्ने अवस्था छ । यसमा प्रयास गरियो भने त्यसलाई साकार रुप दिने कोशिस गर्छौं ।

अन्त्यमा देशभरका भोटरहरुलाई यहाँको सन्देश के छ ?

मैले २८ वर्षसम्म साथ रहेर जुन सेवा गर्ने प्रयास गरेको थिएँ, त्यसको प्रतिफलका लागि आफ्नो अमूल्य मत मलाई दिनुुहोस् भन्ने विनम्र अनुरोध गर्न चाहन्छु । नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत् सम्पूर्ण उद्योगी व्यवसायीको हितको निम्ति मलाई जिताउन विनम्र अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री