मंगलबार, १८ वैशाख २०८१

डिशहोम रियालिटी टिभी च्यानलमा ‘खै कुरा बुझेको ?’ हाँस्य टेलिसिनेमा प्रशारण हुदै

समयपोष्ट २०७७ मंसिर ९ गते १४:४०

Advertisement

डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हाँस्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ हरेक बुधबार राति ८ः३० बजे प्रशारण हुने भएको छ ।

विणभ क्रियशन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुतिमा निर्मित ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमाको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको रहेको छ ।

‘खै कुरा बुझेको ? टेलिसिनेमाको कलाकारहरूमा शितल केसी, श्याम राई, युगज्योति क्रियाशिल, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता न्यौपाने, दिपेश बञ्जारा, सागर गिरी, सागर बस्नेत र समिर जोशी लगायतको बडो गजबको अभिनय रहेको छ ।

यस कार्यक्रम शृंखलाकाका निर्देशन निर्देशक बाणी पोखरेलले गरेका छन् भने टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन् । टेलिसिनेमाको छायांकन दिलीप विष्टले गरेका हुन् भने सम्पादनमा सुनिल श्रेष्ठको रहेको छ ।

मुलुकका सहरदेखि अति विकटस्थानमा बसोबास गर्ने नेपाली जनमानसहरुको मनमनमा डिसहोम टेलिसिनेमाहरु अत्यन्तै सफल र फलदायकको रुपमा सावित भइसकेको सर्वविदितै छ ।

सञ्चारका पहुँच नपुगेका दूरदराजका ग्राहकहरुले समेत आफूले मनले खाएको अथवा चाहेको नेपाली मनोरञ्जनमूलक कार्यक्रमहरु डिसहोमको आफ्नै च्यानेलहरुमार्फत छानीछानी नयाँनयाँ सजिलै हेर्न पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री