पाँच ब्रोकर कम्पनीको मार्जिन कारोबार अनुमति खारेज
नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले पाँच ब्रोकर कम्पनीको मार्जिन कारोबार अनुमति खारेज गरेको छ ।
नेप्सेले मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएकाले ५ ब्रोकर कम्पनीको सदस्यता खारेज गरेको हो ।
खारेज हुनेमा श्रीकृष्ण सेक्युरिटीज (ब्रोकर नम्बर २८), सुन्धारा सेक्युरिटीज(ब्रोकर नम्बर ५२), प्रज्ञान सेक्युरिटीज (ब्रोकर नम्बर १०), नासा सेक्युरिटीज(ब्रोकर नम्बर ५८) रसुप्रवी सेक्युरिटीज (ब्रोकर नम्बर २२)रहेको नेप्सेले जानकारी दिएको छ । मार्जिन कारोबार अनुमति पाएका २२ ब्रोकर कम्पनीहरुमध्ये अन्य १७ ब्रोकर कम्पनीहरुले नविकरण गर्न निवेदन दिएको नेप्सेले जनाएको छ ।
मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद २ को दफा ६(२) मा भएको व्यवस्था बमोजिम नविकरण नभएपछि खारेज भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । कार्यविधिमा मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएका सदस्य दलालहरुको अनुमतिपत्र स्वतः खारेज हुने व्यवस्था छ ।
प्रतिक्रिया