मंगलबार, १८ वैशाख २०८१

जहाजले रोक्यो एमाले माओवादीको पार्टी एकता !

समयपोष्ट २०७४ पुष ८ गते १४:३८

पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका लागि आज बस्ने भनिएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बैठक स्थगित भएको छ ।

Advertisement

मौसमको खराबीका कारण गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि भैरहवा पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ फर्कन सकेनन् ।

अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार जहाज अवतरण हुन नसकेपछि काठमाडौँ फर्कने कार्यक्रम स्थापित भएपछि पार्टी एकता संयोजन समितिको बैठक आजलाई स्थगित भएको हो ।

यद्यपि दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहनुभएको दुवै पार्टीका नेताहरुले बताएका छन् । आजै यहाँ आयोजित एक कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टी एकताको विषयमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए ।

दोस्रो तहका नेताहरुले अनौपचारिक छलफल गरिरहेको र त्यसलाई एउटा रुप दिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्षमा शीर्ष नेता पुगेको बताइएको छ ।

पार्टी एकताको सन्दर्भमा शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकले पनि छलफललाई तीव्र पार्ने निर्णय गरेको थियो । उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पनि सोही आशयको निर्णय गरेको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री