मंगलबार, १८ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकले सुरु गर्यो ई-ट्रेलर सेवा

समयपोष्ट २०७७ असोज १ गते १७:४७

Advertisement

मुक्तिनाथ विकास बैंक लिले कोरोनाको महामारीको विषम परिस्थितिमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई–ट्रेलर सेवा सञ्चालनमा ल्याएको छ ।

ई–ट्रेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् ।

यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले गरेका थिए । बैंकले नयाँ प्रविधिलाई आत्मसात गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहक वर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले ई–ट्रेलर सेवा सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले (VISA Network) अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री