उद्योगी–व्यवसायीहरु देशको समृद्धिका आधार हुन्
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको अन्तर्वार्ता
तपाईं कर्पोरेट क्षेत्रमा काम गरेको मान्छे, पहिले सिंहदरबारमा निजी क्षेत्रका माग बोकेर आउनुहुन्थ्यो, अहिले आफै मन्त्री भएर काम गर्दा कस्तो अनुभूति भइरहेको छ ?
यो एउटा विशेष अनुभव हो । पहिले केही काम गराउन हामी आफै मन्त्रालय, विभाग आउनुपथ्र्यो । म आफैलाई पनि मन्त्रालय, विभागमा काम गराउन त्यति सहज लाग्दैनथ्यो । काम निकै सुस्त गतिमा हुन्थ्यो । यहाँ आएपछि मनोबल नै गिर्ने अवस्था थियो । म आफैलाई पुरानो कटु अनुभव पनि छ । उद्योगी–व्यवसायीको समय निकै अमूल्य हुन्छ । त्यसकारण काम जति छिटो भयो त्यति नै राम्रो हुन्छ । त्यो समय खेर जान दिनु हुँदैन भन्ने मेरो मान्यता छ ।
अहिले म यहाँ आइसकेपछि कुनै पनि काम दुई दिनभन्दा बढी लाग्दैन । तत्काल हुने काम छ भने तत्काल हुन्छ । यदि त्यो कामका लागि आवश्यक कागजपत्र पुगेन, केही औपचारिकता पुर्याउनुपर्ने भए तत्काल भनिन्छ । किनकि एउटै फाइललाई महिना–पन्ध्र दिनसम्म झुण्डाएर राख्नु भनेको निकै गलत कुरा हो ।
देशमा आर्थिक समृद्धि ल्याउने सबैभन्दा ठूलो भूमिका उद्योगी–व्यवसायी नै हुन्छन् । देशको समृद्धि चाहने हो भने उद्योग–धन्दालाई प्रोत्साहित गर्नुपर्छ । उद्योग–धन्दा जति बढ्छ, त्यति देशमा रोजगारी बढ्छ । यहाँका युवाहरु कमाउन विदेश जानुपर्ने बाध्यताको अन्त्य हुन्छ । उद्योग–व्यवसाय र आर्थिक क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो मन्त्रालयले आपूर्ति, वाणिज्य, उद्योग सबै क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्छ । यो मन्त्रालय धेरै ठूलो छ र यहाँ काम गर्ने शैली पहिलेको भन्दा निकै विकसित भएको छ । अहिले हामीले अनलाइनमार्फत् पनि सेवा दिइरहेका छौं । पहिले फाइलहरु हराउने समस्या थियो । अहिले त्यस्तो समस्या छैन । सबै प्रणाली राम्रो भएको छ । यहाँ विज्ञ कर्मचारीहरु हुनुहुन्छ । काम गर्ने धेरै योजनाहरु हुने गर्छन् ।
यो महामारीको समयमा आपूर्ति व्यवस्थामा समस्या आउन नदिन, मूल्यवृद्धि र कालोबजारी रोक्न हाम्रा सचिवहरु निरन्तर लागिरहनुभएको छ । अहिले म यो मन्त्रालयमा आएको झण्डै आठ महिना भएको छ । विगतको भन्दा मन्त्रालयले राम्रो काम गरिरहेको छ भन्ने प्रतिक्रिया पनि हामीले पाएका छौं । महामारीकै अवधिमा पनि हामीले ग्यास, पेट्रोलियम पदार्थ, खाद्य सामग्रीलगायत कुनै पनि चिजकोे अभाव हुन दिएका छैनौं । यस्तै, हामीले घर–घरमै अत्यावश्यक सामग्री ढुवानी गर्ने व्यवस्थासमेत गर्यौं, जसले गर्दा मानिसहरु बाहिर निस्कनु परेन । यसमा हामी आफूलाई सफल नै भएको मान्छौं ।
महामारीकै अवधिमा हामीले घर–घरमै अत्यावश्यक सामग्री ढुवानी गर्ने व्यवस्थासमेत गर्यौं, जसले गर्दा मानिसहरु बाहिर निस्कनु परेन । यसमा हामी आफूलाई सफल नै भएको मान्छौं ।
कोभिड–१९ का कारण अर्थतन्त्र थलिएको छ । यसबाट माथि उठ्न के–कस्ता योजनाहरु बनाउनुभएको छ त ?
विश्वभरि नै आर्थिक सङ्कटको अवस्था सिर्जना हुनेवाला छ । त्यसको गम्भीर असर नेपालमा पनि पर्छ । त्यसकारण अब पहिलेकै मानसिकताले काम गर्दैन । हामीले सम्पूर्ण रुपमा मानसिकता परिवर्तन गरेर काम गर्नुपर्ने हुन्छ । गुणस्तरीय सामान उत्पादन गरेर विश्वबजारमा निर्यात गर्न अब हामी सक्षम हुनुपर्छ । हामीले उत्पादन गर्दै आएका वस्तुहरुमा आत्मनिर्भर हुन अब निकै जरुरी छ ।
अहिले बीसौं लाख युवालाई रोजगारी दिनुपर्ने चुुनौती हामीसामु छ । त्यसका लागि हामी औद्योगीकरणतर्फ जानुुपर्छ । नेपालमा हुँदै नभएका उद्योगहरुसमेत हामीले स्थापना गर्नुपर्ने हुन्छ र त्यसलाई निर्यात गर्न सक्षम हुनुपर्छ । हामीले औद्योगिक ग्रामको ‘कन्सेप्ट’ पनि लिएर आएका छौं । सात सय ५३ वटा स्थानीय निकायमा हामीले औद्योगिक ग्राम बनाउँदै छौं । चालीस–पचासवटाको काम सुुरु पनि भइसकेको छ । हरेक स्थानीय निकायमा एक औद्योगिक ग्राम स्थापना गर्दा छरिएर बसेका स–साना उद्योगी–व्यवसायीलाई विभिन्न सेवा–सुविधासहित ठाउँ दिएर उनीहरुका उत्पादनलाई सङ्गठित रुपमा बजार व्यवस्थापन गरिदिँदा रोजगारी अभिवृद्धि हुन्छ ।
हामीले काम गर्ने तरिका परिवर्तन गरेर भएका औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र (सेज) छन्, त्यसमा अधिकतम सुविधा दिएर बढीभन्दा बढी औद्योगीकरण गराउन हामी लागिपरेका छौं ।
कृषिमा आत्मनिर्भर बन्ने हाम्रो ठूलो लक्ष्य छ । भारतबाट सामान आयात नगरी आफ्नै मुलुकमा उत्पादन गरेर निर्यात गर्न सक्ने अवस्थामा हामी पुग्नु पर्नेछ । जुन उद्योगमा हामी आत्मनिर्भर हुँदै छौं, त्यसमा छिटो आत्मनिर्भर बन्नु पर्नेछ । नेपालमा हुँदै नभएका उद्योगहरुसमेत स्थापना गरी यहाँकै बजार ‘क्याप्चर’ गर्नु पर्नेछ । त्यसकारण औद्योगीकरणमा जाँदा रोजगारी सिर्जना हुनुका साथै अर्थतन्त्रसमेत चलायमान हुन्छ । रेमिट्यान्सका लागि युवालाई बाहिर पठाउने भन्दा पनि यहीँ रोजगारी दिनुुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका लागि हामीले काम गर्ने तरिका परिवर्तन गरेर भएका औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र (सेज) छन्, त्यसमा अधिकतम सुविधा दिएर बढीभन्दा बढी औद्योगीकरण गराउन हामी लागिपरेका छौं ।
उद्योगी–व्यवसायी अहिले निकै ढुक्क र खुसी छन् । ‘हाम्रै प्रतिनिधि मन्त्री भएर बसेको छ’ भन्ने उहाँहरुलाई छ । हामीले पनि उहाँहरुलाई ‘राष्ट्र र राष्ट्रियतालाई सर्वोपरि राखेर जे काम पनि गर्न सक्नुहुन्छ’ भनेका छौं ।
मन्त्रीको रुपमा पदस्थापनको क्रममा ‘उद्योगी तथा लगानीकर्तालाई रेड कार्पेटमा स्वागत गर्ने वातावरण बनाउँछुु’ भन्नुभएको थियो । तपाईं मन्त्री भएको सात–आठ महिना पुगिसकेको छ । लगानीमैत्री वातावरण बनाउन के–कस्ता पहल गर्नुभयो ?
मैले भन्नुुभन्दा पनि यो विषयमा तपाईं आफैले उद्योगी–व्यवसायीसँग प्रतिक्रिया लिँदा राम्रो हुन्छ । उद्योगी–व्यवसायी अहिले निकै ढुक्क र खुसी छन् । ‘हाम्रै प्रतिनिधि मन्त्री भएर बसेको छ’ भन्ने उहाँहरुलाई छ । हामीले पनि उहाँहरुलाई ‘राष्ट्र र राष्ट्रियतालाई सर्वोपरि राखेर जे काम पनि गर्न सक्नुहुन्छ’ भनेका छौं । उद्योगी–व्यवसायीहरु देशको समृद्धिका आधार हुन् । उहाँहरुलाई हामीले ‘ढुक्क भएर काम गर्नुहोस् तर गलत काम आफू पनि नगर्नुहोस्, अरुलाई पनि गर्न नदिनुहोस्’ भनेका छौ । उहाँहरु सन्तुष्ट पनि हुनुहुन्छ र काम पनि गरिरहनुभएको छ । हामीले उद्योगी–व्यवसायीलाई कुनै पनि कष्ट नहोस् भन्नका लागि यस मन्त्रालयबाट मात्र नभई अन्य मन्त्रालयबाट पनि काम गर्न सहजीकरण गर्ने व्यवस्था गर्दैछौं । ऊर्जा, कृषि, वन मन्त्रालयमा उहाँहरुको काम हुन्छ । काम जहाँ भए पनि यही मन्त्रालयमा दर्ता हुनुभएकोले उहाँहरु हाम्रै ‘क्लाइन्ट’ हो । त्यसकारण त्यो मन्त्रालयमा पनि सहजीकरण गरिदिने जिम्मा हाम्रो हो । देशमा नयाँ–नयाँ उद्योगहरु तबमात्र खुल्छन्, जब सरकारले उद्योगी–व्यवसायीहरुलाई प्रोत्साहित गर्छ । त्यसकारण उहाँहरुलाई ऐन, नियम, कानुनअनुसार प्राप्त हुने सुविधा सरकारले दिनैपर्छ । उहाँहरुले गर्नुपर्ने काम पनि ‘फास्ट ट्र्याकमा गराउनुपर्छ । अनावश्यक रुपमा काम ढिलो गरिदिने गर्यौं भने त्यो सबैको लागि खराब हुन्छ । यही मान्यता राख्दै उद्योगी–व्यवसायीलाई छिटो–छरितो रुपमा अगाडि बढाउन लागिरहेका छौं । उहाँहरु पनि खुसी हुनुहुन्छ । यसलाई हाम्रो उपलब्धि नै मान्नुपर्छ ।
हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई बारम्बार ‘तपाईंहरु काम गर्नुहोस्, भ्रष्टाचार नगर्नुहोस्’ भन्दै आइरहनुभएको छ । ‘एकजना नेपाली पनि एक दिन पनि भोको बस्ने स्थिति नआओस्, गरिबी हटाउनुपर्छ’ भनेर उहाँले निर्देशन दिँदै आइरहनुभएको छ । हामीले त्यहीअनुसार काम गर्दै आइरहेका छौं ।
हामी मन्त्रीहरु भनेका राष्ट्रका सेवक हौं । हामीलाई जनताले यहाँ पर्युाईदिए । हामी जनताकै लागि यहाँ बसेका हौं । हाम्रो देश समृद्ध भयो भने हाम्रा आगामी पुस्ता रोजगारीका लागि विदेशिनु पर्दैन । गर्वका साथ ‘नेपाल गरिब देश होइन, हामी विकसित देशमा पर्छौं’ भन्न सकिन्छ । सबै मिलेर साँच्चै समृद्ध मुलुक निर्माण गर्नु छ भन्ने अठोटका साथ अगाडि बढ्यौँ भने असम्भव केही पनि छैन । विकसित देशहरुको श्रेणीमा हामी छिटो पुुग्न सक्छौं । हामीमा जहिले पनि आत्मामा शुद्धता, इमानदारिता, कर्तव्यनिष्ठ हुनुपर्छ । हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई बारम्बार ‘तपाईंहरु काम गर्नुहोस्, भ्रष्टाचार नगर्नुहोस्’ भन्दै आइरहनुभएको छ । ‘एकजना नेपाली पनि एक दिन पनि भोको बस्ने स्थिति नआओस्, गरिबी हटाउनुपर्छ’ भनेर उहाँले निर्देशन दिँदै आइरहनुभएको छ । हामीले त्यहीअनुसार काम गर्दै आइरहेका छौं ।
केही समयअघि मात्र किसानहरु मल नपाएर लाइन लागेको हामीले देख्यौं । अब चाडपर्व पनि नजिकिँदै छ । यो बेला चिनीको अभाव हुन नदिन के गरिरहनुभएको छ ?
चिनी मिलहरुमा अहिले भण्डारण कम छ । दशैंसम्म पुग्ने अवस्था छैन । साल्ट ट्रेडिङ र खाद्य संस्थानलाई चिनी ल्याउने अनुमति हामीले दिइसकेका छौं । खाद्य संस्थानको बीस हजार मेट्रिक टन चिनी पन्ध्र–बीस दिनभित्र आइपुग्छ । त्यति बेलासम्मका लागि भने हामीसँग पर्याप्त मात्रामा चिनी छ । केही निजी क्षेत्र पनि चिनीमा आइराखेका छन् । त्यसकारण चिनीको अभाव हुँदैन ।
हामी कुनै पनि चिजकोे अभाव हुन दिँदैनौं । त्यसका लागि हामी सक्रिय भएर बसेका छौं । यो एउटा संवेदनशील समय हो । कृत्रिम अभाव सिर्जना गरेर कसैले मूल्यवृद्धि नगरोस् भन्नका लागि हामीले टोलीहरु अनुगमनका लागि खटाइरहेका छौं ।
यातायातका कारणले अहिले मल अभावको समस्या देखिएको छ । कान्दला पोर्टबाट मल ल्याउन भारत सरकारले अनुमति नदिएपछि कलकत्ता पोर्टबाट ल्याउनुपपर्यो । त्यसकारण मलको अलिकति अभाव देखिएको हो । वास्तवमा मलको अभाव छैन, कृत्रिम अभावमात्र हो । मल आइसकेको छ र दिइराखेका छौं । अर्को सिजनका लागि पनि मलको आपूर्ति अहिल्यैदेखि गर्ने व्यवस्था गरेका छौं । त्यसकारण मल, चिनीको अभाव हुँदैन । अन्य खाद्य सामग्रीको पनि हामीसँग पर्याप्त भण्डारण छ । हामी कुनै पनि चिजकोे अभाव हुन दिँदैनौं । त्यसका लागि हामी सक्रिय भएर बसेका छौं । यो एउटा संवेदनशील समय हो । कृत्रिम अभाव सिर्जना गरेर कसैले मूल्यवृद्धि नगरोस् भन्नका लागि हामीले टोलीहरु अनुगमनका लागि खटाइरहेका छौं । कसैले नराम्रो गरेको पत्तो पाउनेबित्तिक्कै उसलाई तुरुन्तै कारवाही पनि गरिरहेका छौं ।
प्रतिक्रिया