मंगलबार, १८ वैशाख २०८१

यूएन पार्कमा खुल्यो भक्सवागनको अत्याधुनिक सर्भिस सेन्टर ,नि:शुल्क कार जाँच र वासिङ योजना

समयपोष्ट २०७४ पुष १ गते १६:४२

नेपालका लागि भक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले पाटनको यूएन पार्कमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

Advertisement

भक्सवागन गाडीको बिक्रीपछिको सेवालार्इ अझै प्रभावकारी बनाउन नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले जानकारी दिए ।

उनले सर्भिस सेन्टरलार्इ अन्य स्थानमा समेत विस्तार गरिने बताए । सेन्टरमा मर्मत सम्भारका साथै भक्सवागनका सक्कली पार्टपूर्जा समेत उपलब्ध हुने विजुक्छेले जानकारी दिए ।

सर्भिस सेन्टर उद्घाटनका अवसरमा नि:शुल्क कार जाँच र वासिङ योजना समेत ल्याएको छ। विजुक्छेले गाडीको सुरक्षादेखि दीर्घकालिन मोविलिटीलार्इ समेत ग्यारेन्टी गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री