एनआइसी एशिया लघुवित्तको कारोबार बिहीबारबाट खुल्ने, कति छ ओपनिङ्ग रेञ्ज ?
समयपोष्ट
२०७७ असार २४ गते १४:२०
एनआइसी एशिया लघुवित्तको कारोबार बिहीबारबाट खुल्ने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) १ करोड ४८ लाख कित्ता शेयर सुचिकृत भएसंगै बिहीबारबाट कारोबार खुल्ने भएको हो ।
कम्पनीको शेयर एनआईसीबिएसएल सिम्बोलबाट कारोबार हुने छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ११०.४३ देखि ३३१.२९ सम्मको रेन्ज तोकेको छ ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । यो रेन्ज भित्र रहेको कुनै पनि मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ ।
प्रतिक्रिया