मंगलबार, १८ वैशाख २०८१

एमालेका नेता नेपालले काँग्रेसलाई गरे यस्तो आग्रह

समयपोष्ट २०७४ मंसिर २९ गते १६:०७

नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचनको परिणाम आइसकेपछि नेपाली काँग्रेसले विभिन्न अध्यादेशका विषयमा विवाद निकालेर नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको बताएका छन् ।

Advertisement

साँखुका विभिन्न स्थानमा गरिएको विजय जुलुसपछि आज आयोजित सभामा उनले वाम गठबन्धनको सरकार निर्माण जनताको चाहना भएकाले काँग्रेसलाई जनादेश स्वीकारेर अगाडि बढ्न आग्रह गरे।

मुलुकमा अब गठन हुने सरकारले राजनीतिक स्थिरता कायम गरी विकास निर्माणका कार्यक्रम ल्याउने बताउँदै त्यस कार्यले पाँच वर्षभित्र देशलाई सम्पन्न र समृद्ध बनाउने विश्वास व्यक्त गरे ।

दैनिक प्रशासनिक कार्य मात्र गर्नुपर्ने अहिलेको सरकारले प्रदेशमा प्रतिनिधि तोक्न नहुनेमा जोड दिँदै उनले मुलुकका विभिन्न स्थानमा एकपछि अर्को नियुक्ति गरी राजनीतिकरुपमा बेइमानी गरेको विचार व्यक्त गरे ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेता नेपालले साँखुका ऐतिहासिक महत्व बोकेका विभिन्न धार्मिक स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री