मंगलबार, १८ वैशाख २०८१

एशियन लाइफको व्यतित वीमालेख नविकरणमा ब्याज छुट

समयपोष्ट २०७७ असार ८ गते १५:५७

Advertisement

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७७ बैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पुर्ण व्यतित भएका) बीमालेखहरु २०७७ जेठ १ गतेदेखि २०७७ असार १५ गतेसम्म पुनर्जागरण गराउने बीमितलाई व्याज छुट दिने भएको छ ।

कम्पनीले एक सुचना जारी गर्दै भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा शत प्रतिशत व्याज छुट गर्ने जनाएको छ । यसैगरी कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्षभन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री