महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत असइले गरे आफैँलाई गोली हानी आत्महत्या
समयपोष्ट
२०७७ जेठ ११ गते १०:२१
महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत असइ विष्णु कार्कीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
दोलखा स्थायी घर भएका उनले आइतबार बिहान डिउटीमै रहेको बेला आफुले आफैँलाई गोली हानी आत्महत्या गरेकाे प्रहरीले जनाएको छ ।
आइतबार बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफ्नै टाउकोमा गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।
डीआईजी पोखरेलका अनुसार उनको टाउकोमा गोली लागेको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन ।
प्रतिक्रिया