उपराष्ट्रपति पुत्र दिपेश दुर्घटनामा घाइते
समयपोष्ट
२०७४ मंसिर २४ गते १३:०८
उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ का पुत्र दिपेश पुन दुर्घटनामा घाइते भएका छन् ।
रोल्पाको लिवाङबाट काठमाडौँ आउने क्रममा रोल्पाको सातदोबाटोमा उनको गाडी दुर्घटनामा परेको दिपेशकी भाउजु जुना घर्तीमगरले बताइन् ।
उनको टाउकोमा चोट लागेको बताइएको छ । उनीसँगै पत्रकार मनोज घर्ति पनि सामान्य घाइते रहेका छन् । उनी उपराष्ट्रपतिका प्रेस सहयोगी थिए ।घाइतेहरुलाई भालुवाङसम्म गाडीमा र त्यहाँबाट हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ ।
प्रतिक्रिया