निर्वाचनमा खटिएका प्रहरी बोकेको तारा एयरको विमान हुम्लामा दुर्घटना
समयपोष्ट
२०७४ मंसिर १२ गते ६:२४
हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटनामा परेको छ। सिमकोट विमानस्थलको धावनमार्गमा सुर्खेत उडानको क्रममा आज विहान विमान दुर्घटनामा परेको हो।
९ एन-एबीएम कल साइन रहेको ट्वीनअटर उडानको क्रममा टायर पञ्चर भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगेको छ।
दुर्घटनामा परी विमान रहेका पाइलट र सहयोगी घाइते भएका छन्। विमानमा सवार अन्य यात्रु भने सकुसल रहेको प्रहरीले जनाएको छ। विमानमा चुनावमा खटिएर फर्किएका १३ जना प्रहरी पनि थिए।
प्रतिक्रिया