नेप्से परिसुचक १३.०३ अंकले बढ्यो
समयपोष्ट
२०७४ मंसिर ७ गते ९:३२
बिहीबार नेप्से परिसुचक १३.०३ अंकले बढेर १४९३.२९ विन्दुमा पुगेको छ । यसदिन १ सय ६५ कम्पनीको १३ लाख कित्ता सेयर ६८ करोड रुपैयाँ बराबर किनबेच भएको छ ।
आज सबैभन्दा बढी साना किसान बिकास बैंकको प्रमोटर सेयर सकैभन्दा बढी किनबेच भएको छ । आज ब्यापार समुह उपसुचक बाहेक सबै उपसुचकहरु बढेका छन् । आज ब्यापार समुह ३.३७ अंकले घटेको छ ।
आज बाणिज्य बैंक समुह १०.७,होटल समुह २२.६५,बिकास बैंक २२.२,जलविद्युत ४६.०३,फाईनान्स्स ९.५५, बिमा २६.३१,उत्पादनमुलक समुह १५.५७,अन्य समुह ४.९१ र लघुवित्त समुह २४.३९ अंकले बढेको छ ।
प्रतिक्रिया