प्राइम लाइफ इन्स्योरेन्सको खुद नाफा १७९ प्रतिशतले बढ्यो
समयपोष्ट
२०७४ कार्तिक ३० गते ५:०२
प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा ६ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७९ प्रतिशतले बढी हो ।
कम्पनीले ४६ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ३७ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ४ करोड ७४ लाख रुपैयाँ मात्र दाबी भुत्तानी गरेको छ । गतबर्ष यसै अवधिमा कम्पनीले ७ करोड ८२ लाख रुपैयाँ दाबी भुत्तानी गरेको थियो ।
चुक्ता पुँजी ६१ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोष ५२ करोड छ भने जगेडा कोषमा ९ करोड र महाविपत्ती कोषमा करिव ८ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया