आइतबार, २३ वैशाख २०८१

अर्घाखाँचीमै पहिलो उपभोक्त समितिहरुलाई वडा कार्यलयमै योजना सम्झौता तथा बैंक खाता सन्चालनको ब्यवस्था

समयपोष्ट २०७६ फागुन २ गते १८:३१

Advertisement

अशोक खनाल

अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा न. १० ले पालिका भित्र पहिलो पटक वडामा गठन भएका उपभोक्त समितिहरुलाई वडा कार्यलयमै योजना सम्झौता तथा बैंक खाता सन्चालनको ब्यवस्था मिलाएको छ।

वडाका जनताको सहजता र सेवा सुबिधा प्रदान गर्ने हेतुले सन्धीखर्क नगरपालिका कि शाखा अधिकृत मन्जु खनाल, योजना शाखाका प्रमुख दिल बहादुर केसि. इन्जिनियर पदम केसि. सबइन्जिनियर प्रेमनारायण खनाल र नेपाल बैंक लिमिटेडका शाखा प्रमुखलाई आफनै वडा कार्यलयमा आमन्त्रण गराइ शुक्रबार १७ वटा उपभोक्त समितिका योजनाहरुको सम्झौता तथा बैंक खाता सन्चालनको ब्यवस्था मिलाईएको हो ।

Advertisement

एक कार्यक्रमका बीच नगर प्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बिकले पहिलो सम्झौता गर्ने उपभोक्त समितिलाई सम्झौताको दोस्रो प्रती हस्तान्तरण गरेका छन् ।

यस वडाले आफ्नो पालिका भित्र सबैभन्दा पहिला आफ्नो वडा कार्यलयको भवन समेत निर्माण सम्पन्न गरेको छ। उक्त वडालाई पुर्ण सरसफाइ युक्त बनाउँनुको साथै आफनो वडा भित्र का सामुदायिक बिध्यालयहरुमा जङ्क फुड निषेध गरि ४ वटा बिध्यालयका सम्पुर्ण विद्यार्थी हरुलाइ निशुल्क पोषाक र टिफिन समेत बितरण गरेको छ।

आफनो वडा भित्रका साना ठुला योजाना हरु यहि चैत मसन्ता भित्र सम्पन्न गरिने वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीले बताएका छन ।शाखा अधिकृत मन्जु खनालको नेतृत्वमा गएको अनुगमन टोलीले निर्माण सम्पन्न वडा कार्यलयको भबन तथा कम्पाउन्डको समेत निरीक्षण गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री