झण्डै दुई हप्तापछि शेयर बजार दोहोरो अंकले बढ्यो, नेप्से परिसूचक १४७७.१४ बिन्दुमा
झण्डै दुई हप्तापछि शेयर बजार दोहोरो अंकले बढेको छ। लगातार १३ दिनसम्म घटेको बजार आज १६. ४१ अंकले बढेको हो। शेयर बजार १४७७.१४ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले बढेर ३१०.५४ अंकमा उक्लिएको छ।
बजार बढेपनि आइतबार कारोबार रकम भने घटेको छ। १५९ कम्पनीका ११ लाख १४ हजार कित्ता शेयर ३९ करोड ७१ लाख रुपैयाँमा खरिद बिक्री भएको हो।
आज सबैभन्दा बढी बैंक अफ काठमाडौँको संस्थापक शेयर दुई करोड ८९ लाख रुपैयाँमा खरिद बिक्रि भयो। १० समुहको कारोबार भएकोमा ट्रेडिङ बाहेक सबै समूह बढेका छन्। ट्रेडिङ समूह १.४१ प्रतिशतले घटेको छ। बैंक १.२६, होटल ०.२१, विकास बैंक १.३५, जलबिद्युत १.७८, फाइनान्स ०.३७, बीमा १.४९, अन्य ०.६४ र लघुवित्त ०.०७ प्रतिशतले बढेका छन् भने उत्पादनमुलक समुहमा कुनै परिबर्तन भएन।
आज सबैभन्दा बढी सहयोगी विकास बैंकका शेयरधनीले करिब आठ प्रतिशत कमाए। बिजय लघुवित्तका शेयरधनीले सबैभन्दाबढी करिब सात प्रतिशत गुमाएका छन्।
प्रतिक्रिया