प्रभु बैंकले पहिलो त्रैमासमा कमायो खुद नाफा २५ करोड
प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा बैंकले ६५ अर्ब २९ करोडको निक्षेप संकलनलाई बढाएर ८२ अर्ब ८४ करोडमा पुर्याएको छ भने कर्जा परिचालन ५१ अर्ब ७४ करोड रुपैयाँबाट ६६ अर्ब ७६ करोड रुपैयाँमा पुगेको छ । बैंकको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०५ पैसा कायम भएको छ । बैंकले जगेडा कोष दुई अर्ब २८ करोडले बढाएर दुई अर्ब २८ करोड २४ लाख रुपेयाँ कायम गरेको छ । बैंकको खुद व्याज आम्दानी ५१ करोड ४२ लाख रुपैयाँमा पुगेको छ ।
बैंकको निस्क्रिय कर्जा ७.५४ बाट ४.२३ प्रतिशतमा कायम रहँदा पनि बैंकको कर्जा नोक्सानी वापतको फिर्ता रकम भने १३ करोड रुपैयाँ मात्र रहेको छ । जबकि बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासको अवधिमा ३३ करोड रुपैयाँ खराव कर्जा असुली गरेको थियो ।
बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ०४ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात २२.१७ गुणा बढी रहेको छ ।
प्रतिक्रिया