मंगलबार, ६ साउन २०८२

राष्ट्रिय प्रसारण लाइनमा थपियो ६.६ मेगावाट विद्युत

समयपोष्ट २०७६ माघ १८ गते १४:३८

निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ ।

६ दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ ।
सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो ।

आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा शवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको रकम तिर्नुपर्दैन ।

परीक्षण प्रसारणको अवधि सकिएपछि व्यवसायिक उत्पादन सुरु हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

निर्माण सुरु भएको करिब दुई वर्षमै उत्पादन सुरु भएको उक्त आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताए ।

बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत आयोजनाले गत वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ । ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनामा पनि बिन्दवासिनी समूहले लगानी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री