मंगलबार, १८ वैशाख २०८१

पी२० को साथमा कलर्सको स्मार्ट योजना

समयपोष्ट २०७३ भदौ २२ गते ११:१७

कलर्स मोवाइलले स्मार्टफोन प्रयोगकर्ताहरुका लागि पहिलोपटक पी २० मोबाइल फोनका साथमा प्राइड सेरिजका मोबाइल फोनहरुमा नयाँ योजना सुरुवात गरेको छ । आकर्षक र परिष्कृत शैलीमा ४ इन्च स्क्रीनको रहेको प्राइड पी २० अतुलनीय पातलो डिजाइनमा आएको छ ।

Advertisement

फोनमा न्ड्रोइड (मार्समल्लो) अपरेटिङ सिस्टम रहेको यो फोन नेपालको बजारको लागि सबैभन्दा किफायती मूल्यमा प्राप्त गर्न सकिने स्मार्टफोन रहेको कम्पनीको दाबी छ । प्राइड सिरिजका फोनमा ३२ जीबी सम्मको डाटा स्टोर गर्न सकिन्छ । कलर्स पी २० मा ४ जीबीसम्म डाटा फोनमै स्टोर गर्न सकिन्छ, त्यस्तै यसमा ३.२ मेगा पिक्सल क्यामेरा उपलब्ध छ । पूर्ण चार्ज गरेर बिना प्रयोग राख्दा ४०० घण्टासम्म अफ नहुने १४०० मिलि एम्पियर आवर ब्याट्री क्षमता तथा १.३ गिगाहर्ज क्वार्ज क्वाड कोर प्रोसेसर रहेको कम्पनीले बताएको छ ।

यी सबै फिचरहरुको साथमा नयाँ प्रविधिको यो स्मार्टफोन पी २० नेपाली बजारमा ४,६९५ रुपैयाँमा उपलब्ध छ । कलर्स मोबाइल, टेलिटकले टेलिटेक प्रा.लि.सँगको सहकार्यमा सन् २००९ मा नेपालमा भित्र्याएको ब्राण्ड हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री