मंगलबार, १८ वैशाख २०८१

प्रभु बैंकको ऋणपत्र बाँडफाँट

समयपोष्ट २०७६ कार्तिक २९ गते २१:०८

Advertisement

प्रभु बैंकले एक हजार अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको एक अर्ब बराबरको “१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र कार्तिक २१ देखि सार्वजनिक निष्काशन भएकोमा आज कार्तिक २९ गते बाँडफाँट गरेको छ ।

न्यनुतम २५ कित्ता र अधिकतम् चार लाख कित्तासम्मको लागि आवेदन गर्न पाउने प्रभु बैंकको ऋणपत्रलाई आईसीआरए नेपालले न्यून कर्जा जोखिम ‘आईसीआरए नेपाल एलबीबीबी’ रेटिङ प्रदान गरेको थियो ।

प्रभु बैंकले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कानको माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिहरुलाई विक्रीका लागि छिटोमा कार्तिक २५ र ढिलोमा मंसिर २० मा बन्द हुने गरी कार्तिक २१ देखि सार्वजनिक निष्काशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री