एनएमबि बैंकले ३५ प्रतिशत लाभांश बाँड्ने
समयपोष्ट
२०७६ कार्तिक २५ गते १३:२४
एनएमबि बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको कार्तिक २४ गते सम्पन्न बैठकले आफ्ना सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश दिन लागेको हो ।
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया