आइतबार, २३ वैशाख २०८१

पारस र हिमानीको नामै किटेर पूर्व राजालाई डा.भट्टराईले दिए यस्तो सुझाव

समयपोष्ट २०७६ असोज ३० गते १२:५७

Advertisement

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र फर्कने सम्भावना नरहेको प्रष्ट पारेका छन् ।

बिहीबार गोरखामा आयोजित पार्टीको शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै उनले भने,‘राजतन्त्र आवश्यक छैन भनेर गणतन्त्र ल्याएका हौ, राजतन्त्र फर्कन्छ भनेर शंका गर्नुपर्दै, कुनै हालतमा आउँदैन आउन पनि हुँदैन’ ।

जातिय र वंशिय आधारमा देश चलाउने दिन समाप्त भएको तर्क गर्दै उनले लोकतान्त्रिक गणतन्त्र पश्चात मुलुक विकास र समृद्धिको नयाँ चरणमा पुगेको र एजेण्डा समेत फेरिएको बताए ।

उनले पद चाहिए पार्टी खोलेर चुनाव लड्न पूर्व राजा ज्ञानेन्द्रलाई सुझाव समेत दिए । उनले भने,‘पूर्व राजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन,’ उनले भने ।

Advertisement

दशैंमा जनता टिका लगाउन गए भन्दैमा राजतन्त्र आउँछ भन्नु गलत भएको उनको भनाइ छ । ‘चाडवाडको समयमा पूर्व राजासँग जनताले टिका लगाए भन्दैमा राजा चाहियो भन्नु गलत हो, अलि पर गएपछि राष्ट्रपतिसँग पनि लगाउँछन्, प्रधानमन्त्री सँग पनि लगाउँछन् त्यो ठूलो कुरा होइन, हामी अव गणतन्त्रबाट पछाडि फर्कन सक्दैनौं,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री