सेयर बजार उकालो लाग्यो, सबैभन्दा बढी किनबेच नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर
समयपोष्ट
२०७४ असोज १ गते १०:३०
साताको पहिलो दिन नेप्से परिसुचक १७.६३ अंकले बढेर १५४७.९४ विन्दुमा पुगेको छ । आइताबार १५९ कम्पनीका १६ लाख ५४ हजार कित्ता सेयर ७७ करोड ८० लाख रुपैयाँमा किनबेच भएका छन् । यसदिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सबैभन्दा बढी १७ करोड रुपैयाँ बराबरको किनबेच भयो ।
यसदिन उपसूचक मिस्रित देखिएका छन् । आज होटल १४.७२, फाईनान्स १.८४ र अन्य ०.५८ अंकले घटेको छ छ भने बाणिज्य बैंक २५.१३, ट्रेडिङ् १८.८३, विकास बैंक ८.८८, जलबिद्युत ४.४१, बीमा ४३.१४, उत्पादन मुलक १८.१४ अंकले बढेको छ । यसदिन बिशालबजार कम्पनीका सेयरधनीले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन् भने मिथिला लघुवित्त विकास बैंकका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।
प्रतिक्रिया