बिहीबार, २७ वैशाख २०८१

लायन्सद्वारा विद्यालय लाई खानेपानी ट्याङ्की हस्तान्तरण

rss २०७६ असोज ७ गते १७:००

Advertisement

पोखरा महानगरपालिका–१५ फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा शुद्ध खानेपानीसहितको ट्याङ्की हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना एवं केस्टेभिन स्लेफोर्ड विद्यालय यूकेको आर्थिक सहयोगमा स्वीस प्रविधिअनुरूप दुई लाख १२ हजÞार रुपैयाँकोलागतमा ट्याङ्की निर्माण गरिएको हो ।

ट्याङ्की हस्तान्तरण कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर ध्रुवबहादुर थापाले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उदÞ्घोषका साथ लायन्स क्लबले सामाजिक र मानवीय क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभयो । उहाँले खानेपानी आयोजना ल्याउन योगदान गर्ने लायन्स नेता सोनाम स्याङपालाई धन्यवाद व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश पौडेलले सरकारी एवं सामुदायिक विद्यालयले सोचे किसिमको प्रतिफल दिन नसकेको बताउँदै पूर्वाधारसँगै शैक्षिक गुणस्तरीयतालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

Advertisement

वडा नं ३ का वडाध्यक्ष एवं लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष रविन्सन प्रजुले सामाजिक र मानवीय सेवामा लायन्स अग्र स्थानमा रहेको बताउनुभयो । लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष एवं परियोजनाका निर्देशक सोनाम साङपोले लायन्स क्लब अफ पोखरा अन्नपूर्णको सहकार्यमा निर्मित्त सिद्धमाविको खानेपानी ट्याङ्की २२ औँं रहेको जानकारी दिँदै आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारी, प्रधानाध्यापक गुरुदत्त कोइराला, लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता थापा, अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारी, पिस टाउनका निवर्तमान अध्यक्ष डा विनिता शर्मा लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री