मंगलबार, १८ वैशाख २०८१

मन्त्रीपरिषद विस्तार आचारसंहिता विपरित : निर्वाचन आयोग

समयपोष्ट २०७४ भदौ २७ गते ५:०७

तेस्रो चरणको स्थानीय तहको निर्वाचन तथा देशन तथा प्रतिनिधि सभाको निर्वाचनका लागि आचारसंहिता लागू भइरहेको अवस्थामा नेपाल सरकारले सोमबार मन्त्रिपरिषद विस्तार गरेको प्रति निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

आयोगद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने भन्दै यस्तो कार्य नगराउन सरकार समक्ष आग्रह समेत गरेको छ ।


‘२०७४ साल मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सिलसिलामा २०७४ भाद्र १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्था छ । आयोगबाट मिति २०७४ भाद्र १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ७ बुँदे निर्देशन दिइसकिएको छ ’आयोगको विज्ञप्तिमा भनिएको छ ।​

आयोगका अनुसार निर्देशनको बुँदा नम्बर १ मा ‘नेपाल सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष वा सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा नेपाल सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै राजनीतिक नियुक्ति नगर्ने उल्लेख छ । यस्तो निर्देशनका वावजुद सरकारले सोमबार ३ जना मन्त्री तथा एक जना राज्य मन्त्री नियुक्त गरेको भन्दै आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री