बुधबार, १९ वैशाख २०८१

दश प्रतिशतभन्दा बढी नगद लाभांशमा पनि मूल्य समायोजन गरिने

समयपोष्ट २०७४ भदौ २६ गते ९:३४

नेप्सेले नगद लाभांशको पनि मूल्य समायोजन गर्ने भएको छ ।  नगद लाभांशको मूल्य समायोजन गर्न अर्थ मन्त्रालयले निर्देशन दिएपछि नेप्सेले सूचिकृत कम्पनीले १० प्रतिशत भन्दाबढी नगद लाभांश दिए त्यसकोपनि मूल्य समायोजन गर्ने भएको हो । 

Advertisement

नेप्सेका अनुसार कुनै पनि कम्पनीले बजार मूल्यभन्दा १० प्रतिशत बढी हुनेगरी नगद लाभांश दिएको अवस्थामा मात्र सेयरमूल्य समायोजन हुनेछ । यस अघि नेप्सेले बोनस शेयरको मात्रै मूल्य समायोजन गर्ने गरेको थियो । मूल्य समायोजनको बिषयलाई लिएर लगानीकर्ताले सिधै अर्थमन्त्रालयमा गुनासो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री