मंगलबार, १८ वैशाख २०८१

समता माइक्रोफाइनान्सको २० प्रतिशत लाभांश घोषणा

समयपोष्ट २०७४ भदौ २६ गते ७:१०

समता माइक्रोफाइनान्सले लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गतबर्षको आम्दानीबाट ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीको ५३ औ बोर्ड बैठकले  २० प्रतिशत बोनस तथा कर सहित ११.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  

Advertisement

कम्पनीको चुक्ता पुँजी तीन करोड १६ लाख रुपैयाँ रहेको छ। बोनसपछि कम्पनीको चुक्तापूँजी झण्डै ३ करोड ८० लाख पुग्नेछ । लाभांश राष्ट्र बैंकको स्वीकृतीपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।कम्पनीले गत पौषमा मात्र सर्वसाधारणलाई ९४ हजार आठ सय कित्ता सेयर बिक्री गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री