जयाले यसरी तोडेकी थिईन् अभिषेक र रानीबीचको प्रेम सम्बन्ध
बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री रानी मुखर्जी कुनै समय एक अर्कालार्इ निकै प्रेम गर्थे । उनीहरुको प्रेम फिल्म ‘बंटी और बबली’ बाट सुरुवात् भएको थियो । ‘राजाकी आएगी बारात’ बाट फिल्मी करिअर सूरु गरेकी रानी र अभिनेता बच्चनबीचको प्रेम सम्बन्ध आमा जया बच्चनका कारण टुटेको बताईन्छ ।
जया बच्चनले रानीलाई मन नपराउँनुनै यि दुई बीचको प्रेम सम्बन्ध टुट्नुको कारण थियो । बलिउडमा यि दुईबीचको प्रेम सम्बन्धको चर्चा चलेसंगै जयाले अभिषेकलाई रानीसंगको सम्बन्धलाई लिएर गाली गरेकी थिईन् । आमाले आफ्नी प्रेमिकालार्इ मननपराउँने थाहा पाएपछि अभिषेकले रानीसंगको सम्बन्धलाई पुर्णबिराह्म लगाएका थिए ।
सन् २००४ मा आएको फिल्म ‘युवा’बाट उनीहरु प्रेममा परेका थिए । फिल्म ‘बंटी और बबली’बाट चर्चा उनीहरुको प्रेमको चर्चा बलिउडमा चलेको थियो । अभिषेकले ऐश्वर्या रायसँग सन् २००७ मा विवाह गरे भने रानीले निर्देशक आदित्य चोपडासँग लगनगाठो कसिन् ।
एजेन्सी
प्रतिक्रिया