मंगलबार, १८ वैशाख २०८१

शुरु भयो स्मार्ट लाइसेन्स वितरण

समयपोष्ट २०७४ भदौ २२ गते ७:४५

 सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्न थालेको छ । 

Advertisement

कार्यालयका प्रमुख कृष्ण भुसालले धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र आमात्यलाई पहिलो स्मार्ट लाइसेन्स प्रदान गर्दै यो नयाँ प्रविधिबाट लाइसेन्स वितरणमा एकरुपता ल्याउनुका साथै यातायातलाई अझ बढी सुरक्षित, व्यवस्थित र भरपर्दो र विश्वसनीय बनाउन सहज हुने जानकारी दिए । 

उनले यस प्रकारको लाइसेन्सबाट गलत मान्छेले लाइसेन्स पाउने तथा गलत तरिकाले दुरुपयोग गर्ने सम्भावना कम हुने बताए ।  पोलिकार्बोनेटबाट बनेको क्रेडिट कार्ड साइजको यो विद्युतीय कार्ड टिकाउ र बोक्न सजिलो हुनाका साथै आगो र पानीबाट बिग्रिने समस्या नरहने बताए । 
हाल शुरुवाती चरणमा नवीकरण गर्नेलाई यो लाइसेन्स वितरण गरिने भए पनि केही सातामा नयाँ लाइसेन्स लिने सेवाग्राहीलाई पनि वितरण गरिने कार्यालयका प्रमुख भुसालले जानकारी दिनुभयो । यसको अवधि ५ वर्षको हुनेछ भने बनाउँदा पनि ५०० राजश्व तिर्नुपर्ने व्यवस्था छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री