मंगलबार, १८ वैशाख २०८१

रवि लामिछाने र शालीकरामबीचको कुराकानी सार्वजनिक

समयपोष्ट २०७६ भदौ ७ गते १२:२७

Advertisement

अस्मिता र शालिकरामबीचको कुराकानीमा प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकार देखिँदैनन् ।

शालिकरामले भने बारम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ । उनले माघ २९ मा रविसँग आफूले गरेको म्यासेजको स्क्रिनसट भन्दै अस्मितालाई एउटा फोटो पठाएको देखिन्छ । उक्त स्क्रिनसटमा शालिकरामले लेखेका छन्, ‘दाइ मलाई माफ गर्नुहोला । तपाईंहरुले अफिसमा मलाई सधैँ जिस्काउने मान्छेले मलाई धोका दिएकी छ ।’ शुक्रबार मात्र पत्रकार टेकनारायण भट्टराई मार्फत् बाहिरिएको रविको अडियो अन्तर्वार्तामा पनि उनले अस्मितासँग युवराज र आफ्नो पहिला कुनै चिनजानी नभएको, फोन र कुनै माध्यमबाट संवाद नभएको दाबी गरेका छन् ।

शालिकराम विवाहित रहेको थाहा पाएपछि पनि शालिकरामले बारम्बार मानसिक तनाव दिन थालेपछि अस्मिताले सम्बन्धबाट छुटाकारा मिलाइदिन रविले प्रयास गरिदिए हुने भन्ने मनसाय रहेको देखिन्छ । अस्मिताले न्यूज २४ मा कार्यरत केही पत्रकारलाई भेटेरै शालिकरामबारे कुरा राखेको र समस्या समाधान निम्ति पहल गरिदिन अनुरोध गरेकी थिइन् । शालिकरामले आत्महत्या गरेको दुई दिनपछि न्यूज २४ बाट अस्मितालाई फोन गएको देखिन्छ ।

शालिकरामको आत्महत्यापछि किन न्युज २४ ले बारम्बर अस्म्तिाको अन्तर्वार्ता गर्ने प्रयास गर्यो ? के त्यसमा रविको कुनै भूमिका थियो । यसबारे भने तथ्य खुलेको छैन ।
कान्तिपुर दैनिकबाट

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री