मंगलबार, १८ वैशाख २०८१

‘मरिहालोस्’ भन्नेलाई प्रधानमन्त्री ओलीले भने -पूजा अर्चना गरेर केही हुन्छ भने गरे हुन्छ

समयपोष्ट २०७६ भदौ ४ गते १२:४४

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मरिहालोस् भन्नेहरूलाई आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफू अझै १५ बर्ष मैदानमै रहने उद्घोष गर्दै यस्तो चुनौती दिएका हुन् ।

‘अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन् । ऊ बाँचोस् तैपनि मुकाविला गर्छु भन्ने छैन । मरिहाले हुन्थ्यो भने ।

मलाई यस्ता प्रवृत्तिसँग केही भन्नु छैन । मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु’ प्रधानमन्त्रीले भने, ‘आउँदो चुनाव टफ हुनेछ ।

अस्तित्व रक्षाको लडाई अहिलेदेखि नै सुरु गरे हुन्छ । यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्या हुनाले । फेरी निरास होलान् पछि भनेर । धेरै निरास नहुन् भनेर । अझै १५ बर्ष अखडामा हुन्छु । त्यसकारण पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री