शनिबार, ५ जेठ २०८१

डिम्पलले अक्षयलाई समलिङ्गी ठान्थिन्, पछि यसरी भयो विवाह

समयपोष्ट २०७५ पुष १६ गते १३:०७

Advertisement

बलिउडका दुई सुपरस्टार राजेश खन्ना–डिम्पल कपाडियाकी छोरी हुन् ट्विंकल खन्ना । ट्विंकलले एक च्याट शोमा अक्षय कुमारले विवाहको प्रस्ताव लिएर जाँदा आफु सोचमग्न भएको बताएकी छिन् । उनकी एक साथीेले उनलाई अक्षय समलिङ्गी भएको बताएकी थिइन् ।

तर सन् २००१ मा ट्विंकलले अक्षय कुमारसँग विवाह गरेकी थिइन् । ट्विंकलको विवाहअघि दुईपटक इन्गेजमेन्ट भएको थियो ? रिपोर्टलाई मान्ने हो भने ट्विंकलले आफ्नो जीवनमा दुई पटक इन्गेजमेन्ट गरिन् तर एकै व्यक्तिसँग र ती हुन् अक्षय कुमार ।

पहिलो पटक अक्षयसँग इन्गेजमेन्ट भएपछि दुबैको ब्रेकअप भएको थियो जसका कारण इन्गेजमेन्ट टुटेको थियो । दुबैको पुनः कुरा मिलेपछि विवाह अघि दुबैले एकपटक इन्गेजमेन्ट गरे ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री