शनिबार, ५ जेठ २०८१

‘ससुराल सिमरका’ बाट लोकप्रिय भएकी दीपिका बनिन् बिग बस १२ की बिजेता

समयपोष्ट २०७५ पुष १६ गते १२:४५

Advertisement

टेलिभिजन अभिनेत्री दीपिका कक्कड बिग बस १२ की बिजेता बनेकी छिन् । भारतीय क्रिकेट टीमका पूर्व सदस्य श्रीसन्तलाई हराउँदै उनी आइतबार बिजेता घोषित भएकी हुन् ।

पुरस्कारको रुपमा उनलाई ३० लाख भारु र ट्रफी दिइयो ।तेस्रो नम्बरमा रहेका दीपक ठाकुरले २० लाख भारु लिएर कार्यक्रमबाट बाहिरिए ।

कलर्स टेलिभिजनबाट प्रसारण हुने सिरियल ‘ससुराल सिमरका’ बाट लोकप्रिय भएकी दीपिका कक्कडको जीतले एक पटक पुनः प्रमाणित गरेको छ कि बिग बसको हट सिटमा ‘टेलिभिजनका बुहारी’ को दाबेदारी भारी पर्छ ।

दीपिका अघि शिल्पा सिन्दे, उर्वशी ढोलकिया, जुही परमार र श्वेता तिवारीले बिग बसको ट्रफी जित्न सफल का थिए । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री