आइतबार, २३ वैशाख २०८१

महुली लघुवित्तको ५० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

समयपोष्ट २०७५ पुष १६ गते १०:५०

Advertisement

महुली सामुदायिक लघुवित्तको ५० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले मंसिर ११ गते देखि २:१ अनुपातमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद शेयर जारी गरेको थियो ।

लघुवित्तले हकप्रद निष्काशन गर्न कार्तिक २८ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । यसअनुसार कार्तिक २७ गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको हकप्रद खरिद गर्न सक्नेछन् ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । हकप्रदका लागि धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयर मार्फत पनि आवेदन गर्न सकिनेछ ।

यसको अतिरिक्त सनराइज क्यापिटल कमल पोखरी तथा माहुली लघुवित्तको सबै शाखा कार्यालयबाट समेत हकप्रद आवेदन फारम बुझाउन सक्ने व्यवस्था छ

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री