शनिबार, ५ जेठ २०८१

अमेरिकी राष्ट्रपति बन्ने एन्जेलिना जोलीको सपना

समयपोष्ट २०७५ पुष १५ गते १६:०५

Advertisement

हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले सक्रिय राजनीतिमा आउने इच्छा ब्यक्त गरेकी छिन् । बीबीसी टुडे कार्यक्रममा शुक्रबार उनले आफूलाई राजनीति गर्ने इच्छा भएको बताइन् ।

संयुक्त राष्ट्रसंघको शरणार्थी विभागकी विशेष दूत समेत रहेकी उनले बीबीसी रेडियोको कार्यक्रममा अमेरिकी राजनीति, सामाजिक संजाल, यौन हिंसा तथा विश्वमा शरणार्थीको संकटबारे आफ्नो धारणा राखेकी थिइन् ।

राजनीतिमा आउने संभावना बारे सोधिएको प्रश्नमा जोलीले भनिन्, ‘मलाई सरकारसँग मिलेर काम गर्न मन छ । मलाई सैनिकहरुसँग बसेर समेत काम गर्न मन छ ।’ उलने आफुलाई अमेरिकी राष्ट्रपति भएर काम गर्न मन भएको समेत बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री