शुक्रबार, २८ वैशाख २०८१

दाडीवाला पुरुषसंग यसकारण लोभिन्छन् महिला

समयपोष्ट २०७५ पुष १५ गते १४:२९

Advertisement

महिलाहरु क्लिन सेव गर्ने केटा भन्दा दाढीवाला पुरुष तर्फ बढी आकर्षित हुँने एक अध्ययनले देखाएको छ । लाइफस्टाइललाई लिएर गरिएको एक अध्ययनका अनुसार दाढी राख्ने केटा लामो समयसम्म सम्बन्ध स्थापित गर्ने हुन्छन् । केटीहरु पनि राम्रो व्यक्तित्व हुनुका साथै दाढी भएको केटाहरुतर्फनै बढी आकर्षित हुँने गरेका छन् ।

पछिल्लो केही समयमा ट्रेन्डमा आएको परिवर्तनमा ध्यान दिने हो भने धेरै संख्यामा पुरुषहरुले दाढी राख्न थालेका छन् र उनलाई दाढी राख्न पनि मन पर्छ । ८ हजार ५०० महिलामाथि यो अध्ययन गरिएको थियो । केहि यस्ता पुरुषको फोटो राखिएको थियो जसको दाढी काटिएको ६ दिन भइसकेको थियो भने केहिको १० दिन वितिसकेको थियो । यसका साथै केहि पुरुषको फोटो दाढी काटेको ४ हप्ता पछिको थियो । जब अध्ययनमा सहभागि केटी र महिलालाई फोटो हेरेर प्रेमि छनौट गर्नका लागि भनियो सबै महिलाले दाढीबादला पुरुषलाई मन पराए ।

अध्ययनमा महिलाहरु दाढीबाला पुरुषमाथि बढि विश्वास गर्ने गरेको भनिएको छ । महिलाले त्यस्ता पुरुषलाई विवाहका लागि योग्य ठाने जसको पुरै दाढी थियो । यसका साथ साथै हल्का दाढीबाला पुरुषलाई महिलाले पुरै दाढी र क्लिनसेव पुरुषको तुलनामा बढि आकर्षित माने भन्ने पनि अध्ययनमा खुलासा भएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री