शनिबार, ५ जेठ २०८१

रणवीरको सिम्बाले तोड्दै रेकर्ड ,पहिलो दिननै २०.७२ करोडको व्यापार

समयपोष्ट २०७५ पुष १५ गते १३:५८

Advertisement

रणवीर सिंहको फिल्म सिम्बा उनका पछिल्ला हिट फिल्ममध्ये पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने फिल्म बन्न सफल भएको छ । सिम्बाले पहिलो दिन भारु २०.७२ करोडको व्यापार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले सिम्बाको पहिलो दिनको व्यापार सेयर गरेका छन् जसमा फिल्मको व्यापारबारे जानकारी दिइएको छ ।

सन् २०१८ मा आएको पद्मावतले पहिलो दिन भारु १९ करोड कमाएको थियो । बाजिराव मस्तानीले पहिलो दिन १२.८० करोड, गुन्डेको फर्स्ट डे कलेक्सन १६.१२ करोड, गोलीयोंकी रासलीलाको पहिलो दिनको कलेक्सन १६ करोड थियो ।

सिम्बाले भारतीय बक्स अफिसबाहेक विदेशमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विदेशका मुख्य शहरमा भारु १३.१४ करोड कमायो ।

ट्रेड एनालिस्ट रमेश बालाका अनुसार सिम्बाको पहिलो दिनको कूल कमाई ४० करोडसम्म पुग्यो । नेट कलेक्सन २०.७२ करोड, ग्रस २६.५१ करोड रह्यो । यदि विदेशको कमाई १३.१४ करोड मिसाउने हो भने यो आँकडा करिब भारु ३९.६५ करोडसम्म पुग्यो ।

Advertisement

रोहित शेट्टी र रणवीर सिंहको फिल्म सिम्बा सन् २०१८ मा रिलिज भएको अन्तिम फिल्म हो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री